डेंगुको यी लक्षण देखिएमा ध्यान दिनुहोस्
काठमाडौं उपत्यका यसअघि खासै डेंगुको बिरामी नभेटिएको भएपनि यसवर्ष धेरै मानिसलाई डेंगुको संक्रमण भएको छ ।
लाम्खुट्टेको टोकाइबाट सर्ने डेंगुको सबैभन्दा ठुलो लक्षणको रुपमा ज्वरोलाई मान्ने गरिन्छ ।
तर, चिकित्सकहरुका अनुसार कतिपय अवस्थामा मानिसहरुमा ज्वरो नआउँदा बिना पनि डेंगुको संक्रमण हुन सक्ने पाइएको छ र यस्तो डेंगु सबैभन्दा धेरै खतरनाक हुने गर्दछ ।
किनभने यस्तो अवस्थामा कुनै लक्षण बिना नै हाम्रो शरीरमा प्रभाव पार्ने हुनाले यो सबैभन्दा खतरनाक हुन्छ ।
सामान्यभन्दा धेरै थकाई लाग्नु पनि डेंगुको लक्षण
सामान्य अवस्थामा पनि लगातार लामो समयसम्म थकाईको अनुभव भईराखेको अवस्थामा यो डेंगुको लक्षण हुन सक्छ ।
हालसालै भारतकी एक नर्समा यस्तो समस्या देखिएको थियो । ती नर्सलाई बिना कारण लामो समयसम्म थकाई लागेको भन्दै स्वास्थ्य परिक्षण गर्दा उनमा डेंगुको लक्षण देखा परेको हो ।
हाल उनको उपचार भईरहेको छ । यो खबर ‘द एसोसिएसन अफ फिजिसियन्स अफ इंडिया जर्नल’मा पनि छापिएको थियो ।
वृद्ध वृद्धालाई सबैभन्दा धेरै खतरा
पाचन प्रक्रिया कमजोर भएका मानिसहरुमा बिना ज्वरो नै डेंगु देखा पर्ने गर्छ । वृद्धावृद्धाहरुको पाचन प्रक्रिया कमजोर हुने हुनाले उनीहरुमा प्रकोपको सम्भावना धेरै हुने गरेको हो ।
चिकित्सकहरुका अनुसार कोही मानिसलाई ज्वरो आएको छैन तर तर बिनाकारण नै सामान्यभन्दा धेरै थकाई महसुस हुन्छ भने त्यो डेंगुको लक्षण हुन्छ ।
यी लक्षण देखा परेमा स्वास्थ्य परिक्षण गर्नुहोस्
ज्वरो बाहेक डेंगु लागेमा बान्ता हुने, शरीरमा दुखाई हुने साथै कमजोरी महसुस हुने, चिटचिट पसिना आउने, रिंगटा लाग्ने, भोक नलाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ ।
यस्ता मानिसहरु जसमा लगातार थकाई, कमजोरी, अल्छिपन हुनु तथा ब्लड प्रेसर लो हुने जस्तो लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परिक्षण गर्नुपर्छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #डेंगुको लक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्