Techie IT
बिहीबार, फागुन १,२०८१

काठमाडौं उपत्यकासहितअधिकांश स्थानमा वर्षा,सतर्कता अपनाउन आग्रह


काठमाडौ,भदौं १४ – काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका धेरैजसाे स्थानमा शुक्रबार रातिदेखि नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्व र मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। साथै पश्चिमका पनि एक/दुई ठाउँमा पानी परिरहेको छ।

पहाडी क्षेत्रमा पहिरो जानसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन उनको सुझाव छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको बाह्रबिसे र अधिकांश स्थानमा, चितवनको कालीखोला र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको जनाएकाे छ। बाढी महाशाखाले भनेको छ-‘बाह्रविसेलगायत सिन्धुपाल्चोकको कोदारी राजमार्ग, चितवनको नारायणगढ-मुङलिङ सडकखण्डको कालीखोला र आसपास पहिरो जान सक्छ,यात्रामा सतर्कता अपनाऔँ।’

बाढी महाशाखाका अनुसार पूर्वका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, लमजुङ,चितवनमा रातिदेखि नै वर्षा भइरहेकाले केही साना नदीमा आकस्मिक बहावको सम्भावना छ।

साथै प्रदेश १,२,३ र ४ का साना नदी तथा झापाको विरिङ नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वर्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545