विश्व विनायक क्लव उपाधी नजिक
प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २८, सोमबार ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को सोमबारको खेलमा जित हातपार्दै विश्व विनायक क्लव उपाधी नजिक पुगेको छ। भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा सोमबार दिउँसो सम्पन्न प्रथमसेमिफाइनल खेलमा विश्व विनायक क्लवले मध्यपुर जागरुक फुटवल क्लवलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलप्रवेश गरेको हो। यस अघि खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले ०–० को बराबरी खेलेका थिए। खेल भर उत्कृष्ट प्रदर्शनगर्दै टाई ब्रेकरमा समेत एक पेनाल्टि रोकेका विश्व विनायक क्लवका गोलरक्षक हिसान श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए।
प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको र प्रतियोगिताको बिजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजार पाउने पनिआयोजकले जनाएको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल मंगलवार दिउँसो ४ बजे भक्तपुर बहुमुखी क्याम्पसको फुटबलमैदानमा हुने छ। दोस्रो सेमिफाइनल खेल भक्तपुर यूनाइटेड र थीमी यूथ क्लबबीच हुने छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्