पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढ्यो , ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँ घट्यो
काठमाडौं २१, साउन । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी ग्याँसको मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको छ । निगमले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५० पैसाका दरले बढेको छ ।
नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ पर्नेछ । यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ ।
भारतिय आयल निगम(आइओसी)ले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गर्दै आएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाल आयल निगम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्