२८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित : गृहमन्त्री
काठमाडौ, २९ असार । विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ ।
विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाढीपहिरोका कारण ५० जनाको मृत्यु भएको, ३१ वेपत्ता र ३४ जना घाइते भएका छन् ।
विपद्को अवस्थाबारे सांसदले राखेका जिज्ञासामा गृहमन्त्री थापाले उद्धार तथा राहतका कार्यक्रममा तीनै तहको सरकार, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था क्रियाशील रहेको बताउनुभयो । सुरक्षा निकायहरु अहोरात्र उद्धारमा खटिएको भन्दै उहाँले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा डुबानको चपेटामा रहेको बताउनुभयो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेसम्म दुई हजार १५६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।
गृहमन्त्री थापाका अनुसार अहिले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइएको छ । एसएमएस सन्देशदेखि मिडिया तथा सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई तीव्र गति दिइएको तथा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बाढीेपहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्