बाढी पीडितको उद्धारमा खट्न कार्यकर्तालाई ओली र प्रचण्डको संयुक्त अपिल
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा अाेलीले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट अत्यन्त दुःखी भएकाे जनाएका छन् ।
अाज बिहान एक प्रेस वक्तव्य जारी गर्दै दुबै अध्यक्षले पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै जनाएका छन् । वक्तव्यमा भनिएकाे छ, ‘हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौं । ‘
प्रेस वक्तव्य
देशका विभिन्न भागमा हालै भएको अविरल बर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट हाम्रो पार्टी अत्यन्त दुःखी भएको छ । दुःखको यस घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै छ । हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरुलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौं ।
पुष्पकमल दहाल ‘प्रचण्ड’
अध्यक्ष
केपी शर्मा ओली
अध्यक्ष

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओली र प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्