कांग्रेसका युवा नेता गगन थापा अमेरिकी सूचक रहेको विवरण सार्वजनिक
काठमाडौं, २६ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापा अमेरिकी सूचक रहेको विवरण सार्वजनिक हुन थालेका छन् ।
११ बर्षअघि नेपालमा भएको पहिलो संविधानसभाको निर्वाचनका निम्ति अमेरिकाले तयार पारेको आन्तरिक रिपोर्टमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र नेपाली कांग्रेसको चुनावी अवस्था कस्तो हुन्छ भन्ने प्रक्षेपणमा थापासँग लिइएको राय उल्लेख छ ।
केही महिनाअघि मात्र अमेरिकाको हार्डवर विश्वविद्यालयमा अध्ययनका निम्ति अमेरिकी खर्चमा नै थापा त्यहाँ पुगेको विषयले सार्वजनिक भएका विवरण पुष्टि गर्ने आधारशुत्र मानिन थालिएको छ ।
सो क्रममा हाल नेपालका लागि अमेरिकी राजदूत रहेका रेन्डी बेरीले तयार पारेको प्रतिवेदनमा थापालाई ‘कि एम्बेसी कन्ट्याक्ट’ अर्थात् दूतावासका खास सूचकका रूपमा व्याख्या गरिएको छ ।
सोही सन्दर्भबारे थापाले गरेको रिपोर्टलाई अमेरिकी दूतावासले प्रतिवेदनमा उल्लेख गरेको विवरणहरू हाल सार्वजनिक भएका हुन् ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गगन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्