बालुवाटार जग्गा प्रकरण : अख्तियारमा बयानका लागि बाेलाइए मालपोतका कर्मचारी र भाटभटेनीका सञ्चालक
काठमाडाैँ, ११ असार । चर्चित बालुवाटार जग्गा काण्डमा अख्तियारले एक्शन लिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मालपोतका कर्मचारीसँग मिलेर बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारविरुद्ध एक्शनमा उत्रिएको हो ।
अख्तियारले उनीहरुलाई बयानका लागि बोलाएको छ । अख्तियारले बुधबार सूचना जारी गर्दै पूर्वसचिव शारदा त्रितालको समितिले भूमाफिया भनेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीका परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ।
अख्तियारले भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरूङको परिवारलाई पनि बयानका लागि बोलाएको छ। त्यस्तै, ललिता निवासको सरकारी जग्गामा अनाधिकृत मोही बन्नेहरूलाई पनि अख्तियारले बयानका लागि बोलाएको छ।
ढकाल, सुवेदी र गुरूङको परिवारका नाममा अझै पनि २८ रोपनी जग्गा छ। ढकाल र सुवेदीका श्रीमती उमा ढकाल र माधवी सुवेदीका नाममा रहेको कित्ता नम्बर ३०९ र ३०१५ को आठ आना जग्गा विष्णु पौडेलका छोरा नविन पौडेलका नाममा पास भएको देखिन्छ । यो तथ्य बाहिर आएपछि नेकपा महासचिव पौडेल पनि विवादमा मुछिएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालुवाटार जग्गा प्रकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्