राप्रपाको मार्गदर्शक सिद्धान्त विपीको मेलमिलापको नीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विपीको मेलमिलापको नीतिलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको छ । राप्रपाले पृथ्वी नारायण शाहको दिव्य उपदेश, राजा महेन्द्रको राष्ट्रवाद र वि.पि. कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गर्ने निर्णय गरेको हो ।
राप्रपाको शनिबारदेखि काठमाडौंमा बसेको केन्द्रिय समितिको वैठकले पार्टीलाई कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा जनतामाझ लैजाने संकल्प गरेको छ । राप्रपाले तेस्रो शक्तिको रुपमा पार्टीलाई विकास गर्नेगरि समान विचार भएका पार्टीहरुसँग पनि पार्टी एकता तथा कार्यगत एकता गर्ने निर्णयसमेत गरेको छ ।
राप्रपाको केन्द्रिय समितिको वैठकले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्षमा जाने निर्णयसमेत निकालेको छ । सरकारले विभिन्न विधेयकमार्फत मुख्य संयन्त्रमा कब्जा जमाउन खोजेको राप्रपाको आशंका छ । राप्रपाले न्यायपालिकालाई समेत पार्टीकरण गर्न खोजिएको ठहर गरेको छ । अनुसन्धान र कारबाही गर्ने निकायहरुलाई प्रधानमन्त्री कार्यालय मार्फत केन्द्रिकरण गर्ने, राज्यको चौथो अंगको रुपमा रहेको आमसंचारलाई काउन्सिल विधेयक मार्फत नियन्त्रण लिने र मानव अधिकारलाई सरकारले पंगु बनाउन खोजेको ठहर राप्रपाकाे छ ।
सरकारले गुठी विधेयक फिर्ता लिएर राम्रो काम गरेको भन्दै राप्रपाले सदियौंदेखिको सनातन धर्म संस्कृतिमाथि हस्तक्षेप नगर्न आग्रह गरेको छ । धर्म परिवर्तन गराउने खेल भईरहेको ठहर गर्दै राप्रपाले देशमा धार्मिक युद्ध हुन नदिन सरकारसँग माग गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राप्रपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्