नेकपाको सचिवालय बैठक आज पनि निष्कर्षविहीन

काठमाडाैँ, २२ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि निष्कर्षविहीन भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएपछि बैठक बिनानिष्कर्ष स्थगित भएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा ओली र नेपाल आ-आफ्नो अडानका साथ प्रस्तुत भएका थिए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच यसअघिनै ७७ जिल्ला इन्चार्ज र सह-इन्चार्जमा सहमति भएको थियो ।
आजको बैठकमा पनि मन्त्री र सांसद भएका केन्द्रीय नेतालाई जिल्ला इन्चार्ज र सह-इन्चार्ज बनाउने प्रस्ताव ओलीले गरेका थिए । तर, प्रस्तावलाई वरिष्ठ नेता नेपालले स्वीकार गर्न नसकिने बताए ।
नेता नेपालले दुईवटा जिम्मेवारी एकै व्यक्तिलाई दिन नहुने तर्क गरेपछि ओली र नेपालबीच सवाल जवाफ समेत भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको सचिवालय बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्