Techie IT
बिहीबार, फागुन १,२०८१

सरकारको नेतृत्व आलोपालो गर्ने लिखित सहमति भएको प्रचण्डको दावी


काठमाडौ जेठ १६ । केही दिन पहिले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार ५ वर्ष टिक्ने दावा गर्नुभएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खुलासा गर्नुभएको छ ।

उहाँले पार्टीभित्र सहमति भएको खण्डमा ओलीलाई ५ बर्षसम्म नै प्रधानमन्त्री चलाउन दिन पनि सकिने जानकारी दिनुभयो । विकासको गति राम्रोसँग चल्यो भने, आफूले पार्टीको नेतृत्व गरेर अघि बढ्ने र ओलीले सरकार चलाउने ‘कन्डिसन’मा आफूलाई सहज हुने पनि प्रचण्डले बुझाई रहेको छ ।

अध्यक्ष प्रचण्डले एउटा टेलिभिजन अन्तरवार्तामा भन्नुभयो,‘सहमतिका आधारमा नै पार्टी एकता भएको हो, सरकारको नेतृत्वका विषयमा आलोपालो गर्ने सहमति लिखितै छ । तर मलाई प्रधानमन्त्री पद लिन हतारो छैन ।’


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545