नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता
२९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच १६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लामो समय युद्धबाट गुज्रिएका दुवै देशबीच कुटनीतिक राहदानीबाहकलाई यात्रका क्रममा भिसा नचाहिने सहमति भएको छ। यो सहमतिपछि दुई देशबीच कुटनीतिक सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ । सम्झाैतापछि दुवै देशले १६ बुँदे संयुक्त वक्तब्य जारी गरेका छन । सहमतिमा भियतनामले नेपालको कृषि क्षेत्रमा सघाउने लगायतका विषय समेटिएका छन ।

सहमतिमा दुबै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन । व्यापार र लगानीबारेमा पनि समझदारी भएको छ । दुई देशले ब्यापार तथा लगानी सम्झौता निकट भविष्यमा गर्ने समझदारी गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको भ्रमणका क्रमममा नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने अर्को महत्वपूर्ण सहमति समेत भएको छ।
भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानुनको कार्यान्वयन र अपराध नियन्त्रणमा सहकार्य बढाउन चाँडै सम्झौता गर्ने सहमति पनि गरिएको छ। भेटवार्ताका क्रममा भियतनामका प्रधानमन्त्री ग्युगन सुआन फुकले अबको २ वर्षभित्र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सहयोगको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री अोलीले भियतनामी समकक्षीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाल र भियतनाम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्