भियतनाम भ्रमणका निस्कदै प्रधानमन्त्री ओली ,यस्तो छ कार्यसूची
२६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको ६ दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणमा ओली त्यसतर्फ जान लागेका हुन । प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनका महासचिव पूर्ण कुँवर, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा केही सञ्चारकर्मी रहेका छन ।
यस्तो छ कार्यसूची
प्रधानमन्त्रीको भ्रमण भियतनामबाटै सुरू हुनेछ । उनी आज भियतनाम जानेछन् । जहाँ प्रधानमन्त्री वैशाख ३० गतेसम्म रहनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन् । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुने बताइएको छ ।त्यहाँ रहँदा उनले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री वैशाख ३० गते भियतनामबाट कम्बोडिया प्रस्थान गर्नेछन । उनी आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रधानमन्त्री ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्