ज्येष्ठ नागरिकको भत्ता पाँचहजार बनाइने
महोत्तरी । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आउँदो आर्थिक वर्षको बजेटबाट ज्येष्ठ नागरिकको भत्ता पाँचहजार बनाइने बताएका छन् । आउँदोे आर्थिक वर्षबाट जेष्ठ नागरिकले मासिक रुपमा पाँच हजार पाउनेगरी काम भइरहेको बताएका हुन् ।
सोही कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले यसपटकको बजेटमा कृषि र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम आउने समेत जानकारी दिए । यसअघिका सरकारले बेचिएका सरकारी उद्योग र कलकारखाना फिर्ता ल्याउने समेत बताएका छन् ।
महोत्तरीको बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय उदघाटनका क्रममा सो कुरा बताएका हुन् । चुनावताका वृद्धभत्ता बढाउने प्रतिबद्धता गरेपनि नबढेकोमा आलोचना हुँदै आएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ईश्वर पोखरेल, #ज्येष्ठ नागरिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ८काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ






तपाईको कमेन्ट लेख्नुहोस्