कांग्रेसमा देउवाविरूद्ध बोले ठाउँका ठाउँ कारबाही
१६ वैशाख, काठमाडाैँ । कांग्रेसमा सभापति शेरबहादुर देउवाविरूद्ध बोले ठाउँका ठाउँ अनुशासनको कारबाही हुने भएको छ । सभापति देउवाविरुद्ध सार्वजनिक रुपमा नेताहरु खनिने क्रम बढेपछि अनुशासन समिति त्यसमा लगाम लगाउने निर्णय गरेको हो । कांग्रेसको अनुशासन समितिले पार्टीका कार्यक्रममा पार्टीका जिम्मेवार नेता र पार्टीहित विपरीत बोल्न बन्देज लगाएको हो । आइतबार बसेको अनुशासन समितिको बैठकले जागरण अभियानका क्रममा पार्टीहित विपरीत नबोल्ने सर्कुलर जारी गरेको हो ।
पार्टीको १४औँ महाधिवेशन नजिकिदै जाँदा शीर्ष नेताहरुबीच नै आरोप प्रत्यारोप बढेको र पार्टीको संस्थागत हित विपरीत बोल्ने तथा गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता गतिविधि नगर्न सचेत गराएको अनुशासन समितिका सदस्य धनराज गुरुङले बताएका छन । कांग्रेसले पहिलो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण वैशाख २५ गतेदेखि सुरु गर्दैछ। अभिायनका क्रममा ७७ वटै जिल्लामा कार्यक्रम तय भएको छ। अनुशासन समितिको निर्देशन कार्यान्वयन भए नभएको अनुमगन गर्न कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलएलाई जिम्मा दिएको गुरूङले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्