वाणिज्य बैंकहरुमा थपियो २५ अर्ब निक्षेप, कर्जा प्रवाह पनि बढ्दै
काठमाडौं । वाणिज्य बैंकहरुमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत पुष महिनाको ३० गतेदेखि माघ महिनाको २९ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत पुष ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप माघ २९ गतेसम्म आइपुग्दा २५ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेसँगै कर्जा प्रवाह पनि बढाएका छन् । पुष ३० गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह १२ अर्ब रुपैयाँले बढेर माघ २९ गतेसम्म आइपुग्दा ४२ खर्ब ९० अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #वाणिज्य बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्