दरबन्दी टुङ्गो लगाउँदै महानगरपालिका
काठमाडौँ । ललितपुर महानगरपालिकाले यहाँ आवश्यक दरबन्दी टुङ्गो लगाउने भएको छ ।
पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाबाट महानगरपालिमा स्तरोन्नती हुँदा यहाँ क्षेत्रफल र जनसङ्ख्या दुवै बढेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । पहिले २२ वडा भएकामा अहिले यहाँ २९ वडा रहेका छन् ।
सङ्घीय सरकारले कर्मचारी समायोजन गरिरहँदा यहाँ ५८ जना कर्मचारी आएको उनले बताए । महानगरपालिकामा तीन सयभन्दा बढी कर्मचारी रहेका छन् ।
महानगरले विज्ञहरुका सुझावका आधारमा दरबन्दी व्यवस्थापन हुने बताएको छ । उनले भने, ‘महानगरपालिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छ भन्ने दरबन्दी बनेपछि नै थाहा हुन्छ ।’
उपमहानगरपालिका महानगरपालिका बनेको दुई वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी निर्धारण हुन सकेको थिएन । सङ्घीय सरकारको समायोजनपछि नै यहाँको दरबन्दीको टुङ्गो लाउने महानगरले बताउँदै आएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्