अमेरिका जानु अगाडि प्रचण्डले किन भेटे फ्रि तिब्बतका विवादित व्यक्ति ?
काठमाडौं, ५ चैत । फ्रि तिब्बत मुभमेन्टसँग नाम जोडिएका विवादित व्यक्ति मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेको खुलासा भएको छ ।
ललितपुरको खुमलटारस्थिट निवासमा १३ मार्चका दिन दाहालले तान्पेइसँग भेटेका हुन् । भेटवार्तामा के–के कुरा भएको थियो केही बताइएको छैन । तर, दाहाल र तान्पेइबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको हुन सक्ने स्रोतको भनाइ छ ।
बौद्ध धर्मगुरु तान्पेइले भारतमा निर्वासित जीवन विताइरहेका दलाई लामासँग बेलाबेला भेट्ने गरेका छन् । तान्पेइका सहयोगीहरू पनि दलाई लामाका अनुयायी हुन् ।
दाहाल प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा रहँदा तत्कालीन समयमा उनले तान्पेइसँग नयाँदिल्लीमा पनि भेटेका थिए । त्यो भेट विवादमा परेको थियो ।
अमेरिका जानु अगाडि दाहालले विवादास्पद धर्म गुरु मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटे गर्नुलाई विभिन्न थरी आशंकाबाट हेरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्