सिंहदरबारका भ्रष्टाचार गाउँ गाउँमा पुग्यो -नेता के.सी
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयताको मर्मअनुरुप सिंहदरबारका अधिकार गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको आरोप लगाउनुभएको छ ।
नेपाली काङ्ग्रेस कास्कीद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वाइडबडी, फोर ‘जी’ लगायतमा आर्थिक अनियमितता भएको र त्यसको स्वतन्त्र छानबिन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले काङ्ग्रेसले भ्रष्टाचारीलाई नबोक्ने बताउनुभयो । संसद्मा संसदीय समिति शक्तिशाली हुने चर्चा गर्दै उहाँले समितिले छानबिन गरिरहेका अवस्थामा सरकारबाट न्यायिक समिति बनाइनु जायज नभएको धारणा राख्नुभयो ।
नीतिगत त्रुटी, नेतृत्वगत कमजोरी लगायतका कारणबाट नेपाली काङ्ग्रेस कमजोर बनेको उल्लेख गर्दै नेता केसीले एकआपसमा दोषारोपणभन्दा पनि सुधारवादी आन्दोलन आवश्यक छ भन्नुभयो । पार्टी व्यक्तिबाट नभइ विधिबाट चल्नुपर्ने र कार्यकर्ताले पनि विवेकलाई बन्दी बनाउन नहुनेमा उहाँको जोड छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भ्रष्टाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्