टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित
काठमाडौ ।हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रबीन्द्र अधिकारीको शवलाई टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
पोष्टमार्टममा समय लागेपछि अन्तिम श्रद्धाञ्जली कार्यक्रममा ढिलाई भएको हो । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भोलि बिहान ८ बजेदेखि १० सम्म अन्तिम श्रद्धाञ्जलीका लागि अधिकारीको शवलाई टुँडिखेलमा राखिनेछ । अधिकारीसँगै दुर्घटनामा ज्यान गुमाएका अरुको पनि शव अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भनिएको थियो ।
।
अधिकारी लगायत दुर्घटनामा निधन भएका अन्यको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम भइरहेको छ । अधिकारी र उनका अंगरक्षक अर्जुनकुमार घिमिरेको मात्रै शव चिनिने अवस्थामा छ । अन्यको शव पहिचान गर्ने काम भइरहेको चिकित्सकहरुले बताएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #श्रद्धाञ्जली सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्