नेकपा : राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तप्रति प्रतिबद्ध
नेपाल कम्युनिष्ट पार्टी [नेकपा] ले पार्टीमा विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको स्पष्ट गरेको छ ।
आजको केन्द्रीय सचिवालयको बैठकले हालैका दिनमा भेनेजुएलामा विकसित भएका राजनीतिक घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाउँदै पार्टीको दृष्टिकोण र नीति स्पष्ट तथा स्थिर रहेको र पार्टी संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा पञ्चशीलका सिद्धान्तप्रति प्रतिबद्ध रहेको ठहर गरेको हो ।
महासचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने भनिएको छ । विज्ञप्तिमा कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्ने जनाइएको छ । पार्टी विश्व शान्ति, समझदारी र समृद्धिको पक्षमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्