डा.गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन् : भट्टराई
इलाम । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उनले डा। गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा दिए ।
नेता भट्टराईले विगतमा डा. केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताए ।
‘राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हुँदैन ?’ उनले प्रश्न गरे ।
प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहेका नेता भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा केसी अनशन बस्न इलाम आउनुभएको बताउँदै ‘तपाईहरू डा। केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला भने ।’
‘चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन’, उनले भने, ‘डा केसीले भनेबमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३०० श्ययाको र डेण्टल तथा नर्सिङका लागि १०० श्ययाको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उल्लेख छ ।’
‘कालोधनको अनुगमन गर्ने निकाय छन्’
नेकपा नेता भट्टराईले डा। केसीको मेडिकल कलेज स्वेत बनाउन खोजेको भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कालो धनका बारेमा अनुगमन गर्न सम्बन्धित निकाय भएकाले डा केसीले यसबारेमा बोल्नु उचित नभएको धारणा व्यक्त गरे ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गोविन्द केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्