एघार महीनामा २६ बलात्कृत
जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो ।
इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।
तथ्याङ्कअनुसार ११ महीनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएका थिए । । यसैगरी छ जनाको हत्या हुनाका साथै बहुविवाहको घटनामा नौ र अपहरणको घटना एक बालक पीडित भएका थिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको तथ्य बाहिर अएको बताउँदै गलत सङ्गतले पनि उमेर नपुगेका किशोरकिशोरी दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको हो भन्नुभयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताउनुभयो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम शर्मा (बजगार्इं)ले अपराधका घटना महत्वपूर्ण नभई त्यसको कारण महत्वपूर्ण भएकाले त्यस्ता कारणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बलात्कृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्