सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ
महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई आज पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पूजा सिंहले सांसद दुलाल गाडीमा हिँडिरहेको अवस्थामा शेर्पाले ढुङ्गा प्रहार गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । ढुङ्गा प्रहारबाट सांसद सवार गाडीको अगाडिको सिसा चर्केको छ भने सँगै रहेको बा३च ९७१९ नंको गाडीको अगाडिको सिसासमेत फुटेको छ । प्रहरीले शेर्पासँगै बा४४प २७७१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताउनुभयो ।
पासवानको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसले पार्टीका क्रियाशील सदस्य एवं स्वतन्त्रता सेनानी सोनेलाल पासवानको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी धनुषा काङ्ग्रेसका क्रियाशील सदस्य १०६ वर्षीय पासवानको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘पासवान नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापनाको सङ्घर्षमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो’, विज्ञप्तिमा भनिएको छ ।
पासवानको निधनबाट काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले पासवानको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । पासवानको पार्थिव शरीरमा आज काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायत नेताहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सांसदको गाडीमा ढुङ्गा प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्