बेलायत जाने तयारीमा रहेका पर्यटनमन्त्री अधिकारीको भिसा च्यातिएको अवस्थामा भेटियाे
बेलायत जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातिएको अवस्थामा भेटिएको छ ।
आगामी सोमबारदेखि बेलायतको लन्डनमा हुने ‘विश्व पर्यटन मेला’ मा सहभागी हुन त्यहाँ जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पानासहित च्यातिएको अवस्थामा भेटिएको हो । जसका कारण अब उनको पूर्वनिर्धारित समयमा लन्डन पुग्ने कार्यक्रम नै अन्योलमा परेको छ ।
भिसा लागिसकेको उनको राहदानीको पानासमेत च्यातिएको अवस्थामा भेटिनुमा अहिलेसम्म बेलायती दूतावास र काठमाडौंको राहदानी संकलक केन्द्र भीएचएफमध्ये कसको लापर्बाहीका कारण भिसा रद्द भएको हो भन्नेबारे आधिकारिक जानकारी बाहिर आएको छैन ।
शुक्रबार दिउँसो मन्त्री अधिकारीको भिसा संकलन गर्न काठमाडौंस्थित भीएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई सो केन्द्रले च्यातिएको र रातो मसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण नै प्रभावित हुन पुगेको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भिसा च्यातिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्