डाक्टरको चरम लापरबाही: मुटुरोगीलाई ग्याष्ट्रीक भन्दै औषधी दिदा ज्यानै गयोको चरम लापरबाही: मुटुरोगीलाई ग्याष्ट्रीक भन्दै औषधी दिदा ज्यानै गयो
दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो ।
बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो ।
भोलिपल्ट फेरि छाती दुखेर मध्यपुर अस्पताल पुग्दा मुटुको सबै उपचार सेवा छ भनेर प्रचार गर्दै आएको यो अस्पतालले पनि इसिजी गरेर बिरामी बचाउन आवश्यक थप उपचार नगरी सिधै गङ्गालाल अस्पताल रिफर गरेपछि गङ्गालाल पु¥याउँदा उहाँको निधन भयो । हृदयाघातकै कारण निधन भएको गङ्गालाल अस्पतालले पुष्टि ग¥यो ।
उपचारका लागि शुरुमा आएको भक्तपुर अस्पतालका चिकित्सकको लापर्वाहीले ज्यानै गएको स्थानीय बासिन्दा बताउँछन् । पीडित परिवारले भने भक्तपुर अस्पतालले इसिजी गरेर गङ्गालाल अस्पताल लैजान सुझाब मात्रै दिएको भए पनि ज्यान बचाउन सकिनेमा चिकित्सकले बिरामीलाई गम्भीर रुपमा नलिँदा ज्यान गएको गुनासो गरेका छन् ।
हृदयाघातको लक्षण देखिँदा देखिँदै पनि अस्पतालमा भएको इसिजी सेवा उपलब्ध नगराई ग्यास्ट्रिक भनेर औषधि दिएर पठाउनु चिकित्सकको चरम लापर्वाही भएको स्थानीयवासीको भनाइ छ ।
यसबारेमा अस्पतालका सुपरिटेण्डेन्ट डा सुधार देवकोटासँग सम्पर्क गर्न खोज्दा उहाँ बिदामा भएको अस्पतालका प्रशासन प्रमुख विश्व न्यौपानेले जानकारी दिनुभयो । घटना गम्भीर र दुःखद भएको बताउँदै न्यौपनेले भन्नुभयो, “मेडिकल सुपरिटेण्डेन्ट बिदामा हुनुहन्छ, उहाँ आएपछि घटनाको दिनको चिकित्सकले बिरामी हेरेको हो, अस्पतालमा भएको इसिजी सेवा किन सञ्चालन नगरेको हो, छानबिन गरी विभागीय कारवाही अगाडि बढाउँछौँ ।”
सरकारको वार्षिक करोडौँको बजेट आउने भक्तपुर अस्पताल र सरकारी तलब खाएर बस्ने यहाँका केही चिकित्सकको यस्तो लापर्वाहीको घटना यो पहिलो भने होइन । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालले विगतदेखि नै प्रसूतिदेखि विभिन्न रोगको उपचारमा लापर्वाही गर्दै आएपछि पछिल्लो समयमा बिरामीको चापसमेत घटेको छ ।
आइसियू बिना नै विभिन्न रोगको शल्यक्रिया गरेर अर्को लापर्वाही गर्दै आएको स्थानीयवासी बताउँछ । आँखाअगाडि नै भक्तपुर अस्पताल रहे पनि यहाँका बासिन्दाले भने उपचार गराउन बिरामीलाई काठमाडौँका अस्पताल लैजाने गरेको दूधपाटीका स्थानीयवासी रामप्रसाद श्रेष्ठ बताउनुहुन्छ । भक्तपुरका बासिन्दालाई भक्तपुर अस्पतालको उपचार सेवामा विश्वास नै हट्दै गए पनि बिरामी काठमाडौँ लैजान गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भक्तपुर अस्पताल कहिल्यै नसुध्रिने भो, यहाँको लापर्वाही हेर्ने हो भने अनगिन्ती छन् ।” ज्यान बचाउने अपेक्षा लिएर अस्पताल आउने बिरामीलाई बचाउन भक्तपुर अस्पताल गम्भीर नहुने गरेको स्थानीयवासीको गुनासो छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #डाक्टर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्