मेलम्चीले समय मागेपछि रोकियो त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र
मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र गर्ने कार्य पछि धकेलिएको छ ।
धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो ।
कालोपत्र गर्ने वित्तिकै सडक खन्नुपर्ने अवस्था आएकाले आवश्यक समन्वय गरिएको आयोजनाले जनाएको छ । सोल्टीमोड–कलंकी खण्डमा दशैं अगावै कालोपत्र सम्पन्न गर्ने तयारी भएको भएपनि मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन सो सडक खण्ड थप खन्नुपर्ने भन्ने स्वीकृतिका लागि अनुरोध गरेको जनाएको छ ।
राजधानीको बढी चहलपहल हुने र बढी सवारी चाप भएको सडक कालोपत्रे नहुँदा स्थानीयाबासी र यात्रु सबैभन्दा बढी मारमा परेका छन् । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले आज सूचना जारी गरेर सो सडकखण्डको कालोपत्र गर्ने कार्य केही पछि सर्ने जनाएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं १४, स्थानीय उपभोक्ताले समेत पाइपलाई बिच्छ्याएपछि मात्रै सडक कालोपत्रे गर्न आग्रह गरेको सूचनामा उल्लेख छ ।
आयोजना कार्यान्वयन निर्देशनालयले आगामी कात्तिक ८ गतेदेखि मात्रै खानेपानीको पाइपलाइन बिछ्याउने कार्यतालिका बनाएको छ । सडकलाई यथास्थितीमा ल्याइसकेपछि मात्र आयोजनाले कालोपत्रे गर्ने जनाएको छ । राजधानीका निर्माणाधिन सडकको साझा समस्याको रुपमा निर्माण व्यवसायीको कार्यशैली नै देखिएको छ ।
वर्षौसम्म काम नगर्ने निर्माण व्यवसायीको कार्यशैलीका कारण सडक विस्तार एवम् मर्मत कार्य समस्यामा पर्ने गरेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले पोल नसार्दा समस्यामा पर्ने गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको राजधानीका केही स्थानमा पाइप बिच्छ्याउने कार्यलाई तिव्रता दिएको छ । उता कलंकी–नागढुंगा सडक खण्डमा भने सामान्य मर्मतको काम भएपनि कालोपत्रको काम भने तिव्र रुपमा अगाडि बढ्न सकेको छैन ।
उता बौद्ध–जोरपाटी सडकखण्डको कालोपत्रको काम पनि अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक सो सडक खण्डको मर्मतमा ध्यान दिन निर्देशन दिनु भएपनि निर्माण हुन सकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शुक्रबार कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना कार्यक्रममा समेत सो सडक खण्डको मर्मतमा ध्यान दिने भन्दै निर्माण व्यवसायीलाई छिटो काम सकाउन निर्देशन दिनुभएको थियो । उहाँले वर्षाका कारण सडक मर्मतमा समस्या भएपनि छिट्टै काम सकिने विश्वास दिलाउनु भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मेलम्ची
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्