भारतमा हुने संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने
नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ ।
सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले बिम्स्टेक शिखर सम्मेलनका क्रममा कुनै पनि तहमा संयुक्त सैनिक अभ्यास सम्बन्धी छलफल र निर्णय नभएको प्रतिक्रिया दिनुभएको छ । शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अभ्यास सम्बन्धी कुरा उठाउनुभएको थियो ।
उक्त अभ्यासको तयारीका सन्दर्भमा सेनाको तीन सदस्यीय टोली भने केही दिनअघि नै त्यहाँ पुगिसकेको थियो । बिम्स्टेक स्थापनाको उद्देश्य विपरीत संयुक्त अभ्यास हुन लागेको भनी आलोचना भएपछि सरकारले सेनालाई उक्त अभ्यासमा सहभागी नहुन निर्देशन दिएको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #संयुक्त सैनिक अभ्यास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्