नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा
नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा शुरु भएको छ ।
प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति प्रदान गर्ने सङ्केत गरेको छ । यातायातसम्बन्धी अन्य प्राविधिक विषयमा सहमति जुटाउन छलफल जारी छ ।”
उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव सैजुको नेतृत्वमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको सहभागिता छ भने चीनका तर्फबाट यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सिपिङको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । दोस्रो परामर्श बैठक गत असार २६ र २७ गते बेइजिङमा बसेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेपाल–चीन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्