समृद्धि र विकास सरकारको एजेण्डा : मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।
निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताउनुभयो । यही भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सङ्कल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको पाँच वर्षभित्रमा छ देखि आठ हजार किलोमिटर सडक निर्माण गर्ने मन्त्री महासेठले जानकारी दिनुभयो ।
अगामी संसदीय निर्वाचन अघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको मन्त्री महासेठले बताउनुभयो । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने उहाँको भनाइ थियो । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले जानकारी दिनुभयो । उहाँले निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट होइन, निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायी मात्र होइन, सम्बन्धित कर्मचारीलाई समेत कारवाही गरिने स्पष्ट पार्नुभयो ।
सो अवसरमा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले निर्माण व्यवसायीले प्रतिस्पर्धाका कारण कम अङ्क हालेर ठेक्का लिने गरेका कारण निर्माण समयमै पूरा हुन नसकेको तथा गुणस्तरसमेत कायम हुन नसकेको बताउनुभयो । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले देश विकास र निर्माणमा निर्माण व्यावसायीको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धि राजभण्डारीले निर्माणसँग सम्बन्धित कर्मचारीले अब लोभ, लालच हटाएर देश निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #महासेठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्