मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु
सरकारले मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकका १३१ मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले कार्यालय समयमा कारोवार गर्ने गरी काउण्टर स्थापनाका लागि विभिन्न बैङ्कसँग समन्वय भइरहेको बताउनुभयो ।
मालपोत कार्यालयमा सीसीटीभी जडान गरी विभाग र मन्त्रालयबाट अनुगमन गर्न सकिने व्यवस्था मिलाइने छ, मन्त्री अर्यालले भन्नुभयो, “सहकारी क्षेत्रलाई उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण हासिल गर्ने लक्ष्य सरकारको छ ।”
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विभिन्न १० वटा सहकारी संस्थालाई सङ्कटग्रस्त घोषणा गरिएको जानकारी दिँदै सहकारी पीडितलाई न्यायोचित रुपमा क्षतिपूर्ति उपलब्ध गराउने नीति लिएको छ भन्नुभयो ।
मालपोत तथा भूमिसुधार कार्यालयमा पेश हुने लिखत तयारवापत सेवाग्राहीले लेखापढी व्यवसायीलाई के कति शुल्क बुझाउन उचित हुन्छ त्यसबारे विज्ञहरुले दिएको सुझावका आधारमा निर्धारण गर्ने तथा कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश रोक्नका लागि स्थानीय प्रहरी प्रशासनसँग मन्त्रालयले समन्वय गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यालय परिसरभित्र सरकारी जग्गामा बनेका संरचनामा लेखापढी व्यवसायी वा अन्य अनधिकृत व्यक्ति वा संस्थाले शर्त विपरित उपयोग गरेको वा व्यावसायिक प्रयोजनमा लगाएको भए तुरुन्त हटाउन लगाइने जनाएको छ ।
मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिको नाम, ठेगाना, ईजाजतपत्र नम्बर, प्यान नम्बर उल्लेख गरी सम्बन्धित कार्यालयमा दर्ता गराउनुपर्ने तथा कानूनी व्यवसायीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्नेलगायत व्यवस्था मन्त्रालयले गरेको पनि सो अवसरमा जानकारी गराइयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मालपोत कार्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्