रोटरी सम्मेलन (रोटरी कन्फ्रेन्स) सिकाइको थलो हो : डिष्ट्रिक गर्भनर राजिव पोख्रेल
सीता पौडेल (अर्चना )
काठमाडौं । रोटरी इन्टरन्यासनल ३२९२ नेपाल –भुटान अन्तर्गतका नेपालका २०२०–२१ डिष्ट्रिक गर्भनर रोटरीयन राजिव पोख्रेलले रोटरी कन्फ्रेन्स सम्पुर्ण रोटरीयनका लागि सिकाइको थलो भएको बताएका छन् ।
शुक्रबारदेखी काठमाडौंमा शुरु भएको १३ औं कन्फेन्सको उद्घाटन समारोहमा उपस्थित सबैलाई स्वागत गदै गर्भनर पोख्रेलले देशभरका सबै रोटरी क्लब तथा रोटरीयन , रोट¥याक्ट, इन्ट¥याक्टहरुले गरेका सेवा , सेवापश्चात मिल्ने आत्म सन्तुष्टि साटासाट गर्ने माध्यामको रुपमा कन्फ्रेन्सलाई लिन सकिने बताए ।
सम्मेलनले रोटरीयनहरुवीचमा आत्मियता , भाइचारा र बन्धुत्वको भाव सृजना गर्नूका साथै आफूभन्दा माथी उठेर निस्वार्थ भावले सेवा गर्ने रोटरीयनहरुलाई सेवामा सधैं उत्प्रेरित गरिरहने उनको भनाइ छ ।



गत वर्ष पोखरामा १२ औं डिष्ट्रिककन्फ्रेन्स भव्यताका साथ सम्पन्न भएको रोटरी इनटरन्यासन्ल ३२९२को यो वर्षको १३ औं कन्फ्रेन्स भने शुक्रबारदेखी आइतबारसम्म विभिन्न कार्यक्रम गरि काठमाडौंमा सञ्चालन भइरहेको छ ।
‘रुपान्तरण’यस १३ औं कन्फ्रेन्सको थिम /भाव रहेको छ । यसका कारणबाट व्यक्ति र समाजमा समारात्मक परिवर्तन ल्याउन सकिने रोटरी क्लब अफ काठमाडौं नर्थका अभ्यक्ष /प्रेसिडेन्ट गौतम प्रसद खनालले बताए ।यस्ता कन्फ्रेन्समा क्लबका प्रोजेक्टहरु गर्दाका अनुभव साटासाट गरिने हुँदा एक क्लबले गरेका राम्रा कामहरुबाट अर्का क्लबलाई प्रेरणा मिल्ने अध्यक्ष खनालको भनाइ छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्