राष्ट्रपतिद्धारा सर्वदलीय वैठक आह्वान
सीता पौडेल,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलहरुसँगको छलफलका लागि सर्वदलीय वैठकको आहृवान गर्नुभएको छ । बैठक आज अपराह्न ४ बजे शीतल निवासमा हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँगको छलफलका लागि वैठक आह्वान गरिएको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको बताइएको छ ।
संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र दुबैलाई ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको अवस्थामा राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।सत्तारुढ दल एमालेमा भएको विखण्डनको अवस्था ,दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि तथा तिक्तता र सत्ता समीकरणको समस्याका बाबजुद सर्वदलीय बैठक आहृवानलाई धेरैले राष्ट्रपतिको सकारात्मक कदम मानेका छन् भने कतिपयले संसद विघटनलाई जोडेर सामाजिक सञ्जालमा राष्ट्रपतिको आलोचना समेत गरेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : ##राष्ट्रपतिद्धारा सर्वदलीय वैठक आह्वान, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्