उपचारका नाममा सरकारी ढिकुटी रित्याउने यी भीआइपीहरु हेर्नूहोस कसले कति सिध्याय ?

काठमाडौं, १८ साउन । देशमा भीआइपी रोगीहरू बढेका छन् । जुन–जुन दल र पदमा आवद्ध भए पनि राज्यका ठूला निकायमा पुगिसकेका र उल्लेख्य तलबभत्ता लिने नेताहरूले देशलाई रोगका नाममा पनि रित्तो बनाउन थालेका छन् ।
यसमध्येका कतिपयले संसार छाडीसकेका छन् भने कतिपय अहिले पनि सुविधा उपभोग गरिरहेका छन् । अकुत सम्पत्ति थुपार्ने कांग्रेसी नेतादेखि सम्पत्ति विवरण नदेखाउने कम्युनिस्ट नेतासम्म यसरी राज्यको रकम उपचारका नाममा लैजानेमा अगाडी देखिन्छन् । आफ्नो हात जगन्नाथ भनेझैं सरकारलाई वैधानिक निर्णय गराउन बाध्य पारेर यसरी उपचार खर्चका नाममा करोड बढि निकासा हुने गरेको पाइएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइरालाका नाममा उपचारवापतको १ करोड ६२ लाख निकासा भएको थियो । उनी विभिन्न पटक उपचारका लागि अमेरिकासम्म पुगेका थिए ।
यता, मिर्गौलाको समस्या रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा पनि उपचार रकम बाहिरिएको छ । उनका नाममा १ करोड २६ लाख ३५ हजार १ सय ३७ रुपियाँ निकास भएको छ ।
कतिपय नेता साँच्चै कोममा हुँदा पनि उनीहरूको उपचारका लागि उल्लेख्य रकम निकासा भएको छैन । तर, सामान्य रोगका लागि करोडौंसम्म निकासा भएको मन्त्रिपरिषद्का कतिपय निर्णयले देखाउँछ ।
पूर्वराष्ट्रपति रामवरण यादवका नाममा १ करोड ४० लाख निकासा भएको छ । भारत र अमेरिकामा उपचार गर्न भन्दै सरकारबाट ७० लाख रुपियाँ, भारतको चण्डीगढस्थित एक अस्पतालमा उपचार गर्न १० लाख र अमेरिकामा उपचार गर्न ६० लाख रुपियाँ उनका नाममा निकासा भएको छ ।
सामान्य जनता उपचारका नाममा सिटामोलसम्म नभेटी मृत्युवरण गरीरहेको विषयलाई नजरअन्दाज गर्दैै आफुसहित आफ्ना कार्यकर्ताका नाममा पनि राज्यको ढिकुटी रित्याउने चलन बढेको छ । यसरी पैसा निकासा गर्दा दल विशेष वा नेता विशेष हेरिने गरिएको छैन । न न्यायालय हेरिन्छ न व्यवस्थापिका ।
पूर्वप्रधानन्यायाधीश रामकुमार साहका नाममा ८० लाख, कोमामा रहेका कांग्रेस नेता चक्र बास्तोलाका नाममा ५० लाख, नेकपा नेता नारायणकाजी श्रेष्ठका नाममा ३८ लाख, मन्त्रिपरिषद्का पूर्वउपाध्यँक्ष् तुलसी गिरीका नाममा २५ लाख, कांग्रेस नेता गोविन्दराज जोशीका नाममा २० लाख, स्व. कांग्रेस नेता खुमबहादुर खड्काका नाममा २० लाख वैधानिक हिसाबले निकासा गरी राज्यलाई आर्थिक चोट पुराइएको छ ।
यस्तै, पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधानका नाममा १३ लाख, कांग्रेस नेत्री सुजाता कोइरालाका नाममा ५० लाख निकासा भएको थियो । उच्च स्रोतले भन्यो,‘यी मध्ये केहीबाहेक सबै धनाड्य र अतुलनीय सम्पत्ति आर्जन गरेका र भएका नेता नेत्री पर्छन् ।’
स्वास्थ्य सेवा विभागले पनि भीआइपी रोगीले लिएको रकमको लेखाजोखा राखेको छैन । कार्यविधिमा बढीमा १५ लाख दिने भनिएको छ तर करोडौं रकम निकासा गरी ढिकुटीलाई घाइते बनाउने काम भीआइपीबाट भएका छन् ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारका स्वास्थ्यमन्त्री गगन थापाले यसरी जाने रकम रोक्नका लागि कार्यविधि बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । नागरिकका लागि १ लाखमात्र उपचार सहयोग गर्ने भनी नीतिगत निर्णय गर्ने नेताहरूले भने करोडौं सोही नाममा लाने गरेका छन् ।
दैनिक नेपाल बाट साभार
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सरकारी ढिकुटी रित्याउने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्