कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस् : अग्निप्रसाद सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएको हुनाले निर्धक्क भएर लगाउन सबैलाई आनुरोध गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै सभामुख सापकोटाले सो अनुरोध गरेका हुन । साथै उनले खोप व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
उनले भने, “खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिएँ । बिल्कुुल असहज भएन । खोप लगाउने बेला हुदैछ होला भन्दै थिएँ, खोप दिइसकिएको पो रहेछ ।” साथै उनले खोपको आविष्कारले मानिसले प्रकृतिमाथि विजय गर्ने सिंढी चढ्न सफल भएको धारणा व्यक्त गरे ।
सभामुखसँगै खोप लगाउँनेमा नेकपाको प्रचण्ड माधव समुहका अध्यक्ष पुस्पकमल दाहाल
(प्रचण्ड) र बरिष्ठनेता नेता माधव कुमार नेपालको पनि खोप लगाउँदाको अनुभव उस्तै छ ।
अनुभव सुनाउँदै अध्यक्ष दाहालले भने , “अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नुहुन्छ होला भनेको त भइसक्यो पो भन्नुभयो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुन्छ ।”
राजनीतिक बारे सञ्चारकर्मीको प्रश्नमा उनले सर्वोच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए । उनले भने , “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुुराको पहिलो सुुनिश्चितता अदालतको फैसलाले ग¥यो न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूर्ण कुरा हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुुन्छ ।”
यस्तै बरिष्ठनेता नेपालले अन्तर्राष्ट्रिय समुदायबाट नै गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप विश्वासका साथ लगाउन सबैलाई सुुझाव दिए । उनले भने , “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुनै त्यस्तो नौलो अनुभव भएन । घोचिएको पनि पत्तो नहुँदो रहेछ । आत्तिन पर्ने अवस्था छैन । खोप लगाउनुु प¥यो, स्वथ्य हुन प¥यो ।”
नेपालले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वोच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, “फैसलाले खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसदमार्फत राजनीतिक दलले गर्छन् ।”
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #अग्निप्रसाद सापकोटा, #कोभिड–१९ विरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्