कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस् : अग्निप्रसाद सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएको हुनाले निर्धक्क भएर लगाउन सबैलाई आनुरोध गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै सभामुख सापकोटाले सो अनुरोध गरेका हुन । साथै उनले खोप व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
उनले भने, “खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिएँ । बिल्कुुल असहज भएन । खोप लगाउने बेला हुदैछ होला भन्दै थिएँ, खोप दिइसकिएको पो रहेछ ।” साथै उनले खोपको आविष्कारले मानिसले प्रकृतिमाथि विजय गर्ने सिंढी चढ्न सफल भएको धारणा व्यक्त गरे ।
सभामुखसँगै खोप लगाउँनेमा नेकपाको प्रचण्ड माधव समुहका अध्यक्ष पुस्पकमल दाहाल
(प्रचण्ड) र बरिष्ठनेता नेता माधव कुमार नेपालको पनि खोप लगाउँदाको अनुभव उस्तै छ ।
अनुभव सुनाउँदै अध्यक्ष दाहालले भने , “अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नुहुन्छ होला भनेको त भइसक्यो पो भन्नुभयो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुन्छ ।”
राजनीतिक बारे सञ्चारकर्मीको प्रश्नमा उनले सर्वोच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए । उनले भने , “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुुराको पहिलो सुुनिश्चितता अदालतको फैसलाले ग¥यो न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूर्ण कुरा हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुुन्छ ।”
यस्तै बरिष्ठनेता नेपालले अन्तर्राष्ट्रिय समुदायबाट नै गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप विश्वासका साथ लगाउन सबैलाई सुुझाव दिए । उनले भने , “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुनै त्यस्तो नौलो अनुभव भएन । घोचिएको पनि पत्तो नहुँदो रहेछ । आत्तिन पर्ने अवस्था छैन । खोप लगाउनुु प¥यो, स्वथ्य हुन प¥यो ।”
नेपालले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वोच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, “फैसलाले खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसदमार्फत राजनीतिक दलले गर्छन् ।”
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #अग्निप्रसाद सापकोटा, #कोभिड–१९ विरुद्धको खोप
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्