बढ्दो क्रममा संक्रमण, २४ घण्टामा थप ४१८ जना संक्रमित
पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गएको २४ घण्टामा ७ हजार १ सय ३७ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए।
अहिलेसम्म कोरोना निको भएर १४ हजार ९ सय ६१ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए। हाल देशभरी १० हजार भन्दा बढी मानिस क्वारेन्टीनमा छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज






तपाईको कमेन्ट लेख्नुहोस्