नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली
३१ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । योसँगै उपत्यकाको माइतिघर मण्डला लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका छन् ।
यस्तै नुवाकाेटमा पनि सर्वसाधारणले नेपालकाे नक्सा बनाएर खुशियाली मनाएका छन् । प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking, #नयाँ राजनीतिक नक्सा प्रयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्