खासामा टोखाका मेयर अधिकारी र नाङ्सु उपमेयरबीच भिडियो कन्फरेन्स , करिव दुई करोडको सामाग्री सहयोग
काठमाडौँ, १५ जेठ ः नेपाल र चीनको सिमानामा मितेरी पुल । आफूले भगिनी सम्बन्ध गरेरको चीनको नाक्सु नगरपालिकाले स्वास्थ्य सामाग्री दिने भएपछि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानुमाया डंगोल सहित पुगेका थिए ।
उनीहरु त्यहाँ पुग्दा नाङ्सु नगरपालिकाका उपप्रमुख सहितको टोली पनि टोखा नगरपालिकालाई सामाग्री दिन तातोपानी भन्सार आइपुगेका थिए ।
कोरोना भाइरसका कारणले नाङ्सु नगरपालिकाका प्रमुख प्रमुख चाइ रेन लाङ जोङ नआएपछि उपमेयर आएका थिए । कोरोना भाइरसका कारण उनीहरुबीच भेट नभएपछि सामाग्री हस्तान्तरण भने भयो ।

तिनै उपप्रमुखले टोकाका प्रमुख अधिकारीलाई करिव एक करोड ६८ लाखको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामाग्रीलाई प्रदान गरेका थिए ।
कोरोना भाइरसका कारणले उपप्रमुख मितेरी पुलपारि र अधिकारी वारिबाट भिडियो कन्फरेन्सबाट सामाग्री हस्तान्तरण गरेका थिए । कोरोना सर्ने डरले दुवैले भिडियो कन्फरेन्स गरेका थिए ।

अधिकारीले नाक्सुका उपप्रमुखलाई कोरोना भाइरस विरुद्धको सहयोगकोलागि धन्यवाद दिए । उनीहरु बीच बीईचाटमार्फत भिडियो सम्बाद गरेर एक अर्कालाई हार्दिकता साटे । टोखा नगरप्रमुख अधिकारीले कोरोना भाइरस संक्रमण अन्त्य भएपछि टोखामा आउन आग्रह गरे । ति उपप्रमुले स्वीकार गर्दै कोरोना भाइरसको लडाई सफलता प्राप्त पछि आउने बताए । ती दुई नगरपालिकाबीच एक बर्ष अघि भगिनी सम्बन्ध भएको थियो ।

नगरप्रमुख अधिकारीले नाक्सु नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सामाग्रीले आफ्नो नगरमा कोभिड १९ को रोकथाम र नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।
“चीनमा पहिलो पटक कोभिड १९ को संक्रमण हुँदा हामीले सहयोगका लागि उहाँलाई आग्रह गरेका थियो” उनले भने “अहिले यहाँ संक्रमण देखिएपछि उहाँहरुले हामीलाई सहयोग गर्नुभयो ।”
नगरप्रमुख अधिकारीले सामाग्रीले टोखानगरवासीको स्वास्थ्य परीक्षण गरिने बताए ।

सामाग्रीहरुमा मेडिकल मास्क पाँच हजार, ननमेडिकल मास्क २० हजार, थर्मलगन तीन सय, एन ९५ मास्क पाँच हजार, व्यक्तिगत सुरक्षा कवच (पिपिई) तीन हजार, मेडिकल आइसोलेसन चश्मा तीन हजार, पञ्जा पाँच हजार र मेडिकल जुत्ता तीन हजार र स्यानिटाइजर रहेको छ । अहिलेसम्म टोखा नगरपालिकामा दुई जना संक्रमण देखिएको छ ।

भिडियो हेर्नुहोस
https://www.facebook.com/sajhapana/videos/566181754295478/
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखा नगरपालिका, #मेयर अधिकारी र नाङ्सु उपमेयरबीच
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्