Techie IT
सोमबार, वैशाख ७,२०८३

नेपाः भाषा संरक्षणमा सूचना प्रविधिको उपयोग गर्न महानगरप्रमुख महर्जनको आग्रह


ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाः भाषा सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ।

भाषा संरक्षणमा महानगर आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो  ।

मंका खलःका अध्यक्ष महेन्द्रलाल महर्जनले आजभोलि नेपाः भाषाको प्रयोग कम भएकाले समस्यामा पर्दै गएकाले आफ्नोे परिवारबाट नै यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष महर्जनले  लोकसेवा आयोगको परीक्षामा समेत नेवारी भाषालाई समावेश गराउनका लागि मंका खलले प्रयास गर्ने र  यसका लागि महानगरलगायत सबै सरोकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपाः भाषा मंका खलःले नेवारी भाषाको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भाषा र संस्कृति संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउँदै नेवारी भाषा नै लोप हुने अवस्थामा पुगेकाले भाषा र लिपिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । देशविदेशमा रहेका नेवारी समुदायका मानिसलाई एकताबद्ध गर्नु आवश्यक रहेको उपप्रमुख बज्राचार्यको भनाइ थियो ।


क्याटेगोरी : banner, समाज
ट्याग : #चिरीबाबु ललितपुर


तपाईको कमेन्ट लेख्नुहोस्