घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना
मुस्ताङको थासाङ गाउँपालिका–४, घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ ।
चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो ।
सशस्त्र द्वन्द्वकालीन समयमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो । गत असारमा नेपाली सेनाले यहाँस्थित सैनिक सुरक्षा पोस्ट जिल्लामा समायोजन गरेको थियो ।
जग्गा फिर्ता पाएसँगै केन्द्रले एकाइका रूपमा प्रयोग गर्न प्रक्रिया अघि बढाइसकेको केन्द्रका निमित्त कार्यालय प्रमुख नवीन भुसालले जानकारी दिए ।
भुसालका अनुसार, नर्सरी तथा बगैँचा व्यवस्थापनलगायतका कार्यहरू अघि बढाउन गह्रा सुधार, सिँचाइको व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको छ ।
यहाँ ओखरका कलमी बिरुवा उत्पादन स्विट चेरी, आरु, आरुबखडा, खुर्पानी, किवी, अङ्गुर लगायतका फलफूलखेतीलाई अघि बढाइने केन्द्रले जनाएको छ । यहाँको हावापानीमा विभिन्न प्रजातिका फलफूल तथा तरकारी उत्पादन सुरु गरेपछि स्थानीय किसानलाई प्रविधि सिकाइ र जीवनस्तर उकास्नमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : वातावरण-कृषि, स्थानीय
ट्याग : #थासाङ बागवानी विकास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्