Techie IT
शुक्रबार, वैशाख २६,२०८२

टोखाका पूर्वकार्यकारी अधिकृत अर्यालद्धारा १७ करोडभन्दा बढी भ्रष्टाचार


काठमाडौं । टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृत  ऋषिराम अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले विशेष अदालतमा अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार बराबर दाबी गर्दै मुद्दा दायर गरेको हो।

ठाउँठाउँमा घर जग्गा अर्याल तथा उनकी श्रीमती लक्ष्मीदेवी उपाध्यायको नाममा दर्ता जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दबाबमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको आयोगको आरोपत्रपमा उल्लेख छ।

टोखा नगरपालिकाका कार्यालयहरु समेतमा कार्यरत उनि शाखा अधिकृतको पदबाट अनिवार्य अवकाशमा गएका थिए। उनले अवैध आर्जनबाट विभिन्न स्थानमा जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो।

निजामति सेवामा कार्यरत भएदेखी उनले हाल सम्म १७ करोड ८३ लाख ४१ हजार बराबरको भ्रष्टाचार गरेका छन।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखाका पूर्वकार्यकारी अधिकृत, #भ्रष्टाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:16 am6:43 pm +0545