अरुण बरुण निमार्ण सेवाद्धारा खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग
खाँदबारी – अरुण बरुण निमार्ण सेवा कम्पनी प्रा.लि.ले खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । निमार्ण कम्पनीले मंगलबार एक सय ५० बोरा चामल नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
कोभिड १९ (कोरोना) बाट उत्पन्न समस्या र सिर्जित विषम परिस्थतिमा छाक टार्न समस्या भएका बेसहारा, गरिब श्रमजिविहरुलाई समस्या नहोस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक तथा निमार्ण व्यवसायि महासंघ संखुवासभामा महासचिब मिगुर शेर्पाले बताउनुभयो । सहयोग तथा राहत स्वरुप चामल हस्तान्तरण गर्दै शेर्पाले छाक टार्न समस्या भएका गरिब मजदुर वर्गको पहिचान गरि नगरपालिकाका सबै वडाहरुमा राहत वितरण गरिदिन आग्रह गर्नुभयो ।
सहयोग चामल ग्रहण गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले कम्पनीलाई धन्यवाद दिनुभयो । प्रमुख खतिवडाले एकद्धार निति अवलम्वन गरेर चामल वितरण गरिने बताउनु भयो । यो र यस्तै निमार्ण कम्पनी तथा अन्य संघसस्थाको सहयोगले गरिब, असाहय, विपन्न तथा श्रमजिविहरुलाई खानमा समस्या नहुने भन्दै सहयोग गर्न अपिल समेत गर्नुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्