१५औँ कांग्रेस महाधिवेशन : कलाकार प्रकाश कटुवालको पेशागत केन्द्रिय सदस्यमा उम्मेदवारी
१५औँ कांग्रेस महाधिवेशन : कलाकार प्रकाश कटुवालको पेशागत केन्द्रिय सदस्यमा उम्मेदवार काठमाडौं । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कटुवालले मंगलबार राष्ट्रिय सभा पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
उनले कांग्रेसको संगठनलाई थप सुदृढ र चलायमान बनाउन, युवाको सहभागिता बढाउन तथा रामेछापका जनताको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउन आफूले उम्मेदवारी दिएको बताए।
“केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्याउने जिम्मेवारी पनि हो,” कटुवालले भने।
कलाकारितासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय कटुवालले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताए।
उनले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफूलाई मत दिएर विजयी गराउन आग्रहसमेत गरेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्