Techie IT
सोमबार, भदौ २२,२०८३

टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक


शिवपुरी गाउँपालिका–८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले आज (सोमबार) बिहान ६ः४० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको हो ।

काठमाडौं धादिङको चन्द्रागिरी नगरपालिका–२ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडकखण्डमा एकतर्फी सुचारु भएको छ ।

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ ।

मुख्य राजमार्ग सबै अर्को सूचना जारी नभएसम्मको लागि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक


तपाईको कमेन्ट लेख्नुहोस्