Techie IT
शनिबार, भदौ २०,२०८३

नेशनल प्यावशन तारकेश्वरको तेस्रो नगर अधिवेशन :केशवराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित


काठमाडौं । नेशनल प्यावशन तारकेश्वरको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सनफ्लावर एकेडेमीका प्रिन्सिपल केशवराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृत भण्डारी, सचिवमा अमर भण्डारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ तथा सदस्यहरूमा दुर्गा बास्तोला, उमा अधिकारी भट्ट, दिपेस फुयाँल र अविनास उप्रेती निर्वाचित भएका छन्। कार्यसमितिको एक महिला सदस्य भने पछि कार्यसमितिले चयन गर्ने जनाइएको छ।

नेशनल प्यावशन काठमाडौंका अध्यक्ष अमृत कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नागार्जुन नगरपालिका, गोकर्णेश्वर नगरपालिका लगायत विभिन्न पालिकाका नेशनल प्यावशन अध्यक्षहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए।

गोविन्द भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा केशवराज शर्माले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन अमृत भण्डारीले गरेका थिए।

अधिवेशनमा संस्थाका सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो। हाल नेशनल प्यावशन तारकेश्वरमा १७ वटा विद्यालय सदस्यका रूपमा आबद्ध रहेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #नेशनल प्यावशन तारकेश्वरको तेस्रो नगर अधिवेशन :केशवराज शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित


तपाईको कमेन्ट लेख्नुहोस्