Techie IT
शनिबार, भदौ २०,२०८३

प्रथम हेराल्ड अन्तरविद्यालय टिम चेस च्याम्पियनसिपको पहिलो दिनका खेल सम्पन्न


काठमाडौं । हेराल्ड स्कुलको आयोजनामा सञ्चालन भइरहेको प्रथम हेराल्ड अन्तरविद्यालय टिम चेस च्याम्पियनसिप–२०२६ अन्तर्गत पहिलो दिनका खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगितामा विभिन्न विद्यालयका ३४ टिमको सहभागिता रहेको छ। सहभागी टिममध्ये १२ वटा छात्रा र २२ वटा छात्र टोली रहेका छन्।

प्रतियोगिताको पहिलो दिन तीन राउन्डका खेल सञ्चालन भएका थिए। खेलमा सहभागी विद्यार्थीहरूले उच्च एकाग्रता, रणनीतिक कौशल, आत्मविश्वास र उत्कृष्ट खेलभावनाका साथ प्रतिस्पर्धा गरेका थिए।

विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल चेस च्याम्पियन रुपेश जैसवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा प्याब्सनका उपाध्यक्ष थकिन कुमार गुरुङ अतिथिका रूपमा सहभागी थिए।

प्रतियोगिताको प्राविधिक व्यवस्थापन तथा मुख्य निर्णायकको जिम्मेवारी चिफ आर्बिटर एफए मिशन बास्कोटाले सम्हालिरहेका छन्।

प्रतियोगिताका अन्तिम चरणका खेलहरू भोलि सञ्चालन हुने आयोजक हेराल्ड स्कुलले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रथम हेराल्ड अन्तरविद्यालय टिम चेस च्याम्पियनसिपको पहिलो दिनका खेल सम्पन्न


तपाईको कमेन्ट लेख्नुहोस्