टोखामा सडक सुरक्षा र आपत्कालीन व्यवस्थापन प्रभावकारी बनाउन सम्झौता
काठमाडौं — टोखा नगरपालिकाले नगर क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन अत्याधुनिक सीसीटीभी क्यामेरा प्रणाली जडान तथा सञ्चालन गर्ने भएको छ।
टोखा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्र पहिचान गरिएका मुख्य–मुख्य सडक तथा चोकमा नेपाल प्रहरीले तोकेको मापदण्डअनुसार अत्याधुनिक सीसीटीभी प्रणाली जडान गरिने भएको हो।
सम्झौतामा PTZ (Pan Tilt Zoom), FLX, Face Recognition तथा ANPR (Automatic Number Plate Recognition) लगायतका प्रविधि प्रयोग गरी सीसीटीभी प्रणाली जडान तथा सञ्चालन गर्ने उल्लेख छ। यसका लागि टोखा नगरपालिकाले ‘टोखा नगर सुरक्षा कार्यक्रम’ अन्तर्गत ४ करोड रुपैयाँसम्मको बजेट उपलब्ध गराउने जनाएको छ।
नगरपालिकाका अनुसार सीसीटीभी प्रणालीको खरिद तथा जडानसम्बन्धी सम्पूर्ण प्रक्रिया सार्वजनिक खरिद कानूनबमोजिम प्रहरी कार्यालयले गर्नेछ। प्रणाली सञ्चालन तथा मर्मत–सम्भारका लागि आवश्यक प्राविधिक जनशक्ति र समितिसम्बन्धी व्यवस्था पनि गरिनेछ।
सम्झौताअनुसार जडान हुने सीसीटीभी प्रणालीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सुरक्षा निगरानी तथा नियन्त्रण कक्षसँग आबद्ध गरिनेछ। साथै, यसअघि नगरपालिकाभित्र जडान भई सञ्चालनमा रहेका सीसीटीभी प्रणालीलाई समेत सम्झौताअनुसार नयाँ प्रणालीमा आबद्ध गर्दै लैजाने उल्लेख छ।
टोखा नगरपालिकाले आधुनिक प्रविधिको प्रयोगबाट अपराध नियन्त्रण, सडक सुरक्षा, आपत्कालीन व्यवस्थापन तथा समग्र सार्वजनिक सुरक्षामा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेको छ। नगरपालिकाले सुरक्षित र समृद्ध टोखा निर्माणका लागि प्रहरी, जनप्रतिनिधि, नागरिक समाज तथा नगरवासीबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा सडक सुरक्षा र आपत्कालीन व्यवस्थापन प्रभावकारी बनाउन सम्झौता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्