नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा अवरुद्ध विद्युत् आपूर्ति करिब ९० प्रतिशत क्षेत्रमा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ ।
हालै चार्ज गरिएका क्षेत्रमा विदुर–६, विदुर–१२ का बाँकी क्षेत्र, विदुर–३ को करिब आधा भाग, तारकेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ५ र ६ तथा बेलकोटगढी–७ रहेका छन् । यससँगै थप ३१ वटा ट्रान्सफर्मर समेत चार्ज गरिएको छ ।
विद्युत् आपूर्ति अझै पुनःस्थापित हुन बाँकी क्षेत्रमा विदुर–३ को बाँकी आधा भाग, तारकेश्वर–४, किस्पाङ गाउँपालिका, बेलकोटगढी–८ र विदुर–१० रहेका छन् । ती क्षेत्रमा पनि चार्जिङ तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम जारी रहेको बताइएको छ ।
नुवाकोटमा विद्युत् आपूर्तिका लागि विभिन्न ६६ केभी प्रसारण मार्ग सञ्चालनमा छन् । ६६ केभी चपली–देवीघाट–१ सर्किटमार्फत त्रिशूली नदी पार गरी विदुरको करिब आधा क्षेत्र तथा किस्पाङतर्फ विद्युत् आपूर्ति हुँदै आएको छ ।
त्यस्तै, ६६ केभी चपली–देवीघाट–२ बाट विदुरको अधिकांश भाग, बट्टार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ ।
६६ केभी बालाजु–त्रिशूली–१ मार्फत कालिका सबस्टेशन हुँदै रसुवाको धुन्चे, नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकातर्फ विद्युत् आपूर्ति भइरहेको छ । ६६ केभी बालाजु–त्रिशूली–२ बाट चौघडा सबस्टेशनको सम्पूर्ण क्षेत्र तथा समुन्द्रटार सबस्टेशन क्षेत्रतर्फ विद्युत् आपूर्ति भइरहेको छ ।
विद्युत् प्रणालीको करिब ९० प्रतिशत हिस्सा पुनःस्थापित भएसँगै नुवाकोटमा आपूर्ति अवस्था पहिलेको तुलनामा स्थिर र भरपर्दो बनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा विद्युत् आपूर्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्