प्रहरी वृत्त महाराजगञ्जको सहकार्यमा शिक्षण अस्पतालमा बाढीपीडितलाई नागरिक सहायता
काठमाडौं, भदौ १८ — समुदाय प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुँदै आएको “हाम्रो प्रहरी कार्यक्रम” अन्तर्गत आज बिहीबार काठमाडौं महानगरपालिका–३ स्थित शिक्षण अस्पतालमा बाढीपीडित तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग तथा समन्वय गरिएको छ।
प्रहरी वृत्त महाराजगञ्जको सहकार्यमा सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारी, महाराजगञ्ज र गोंगबुको संयुक्त आयोजनामा शिक्षण अस्पताल परिसरमा स्थापना गरिएको नागरिक सहायता कक्ष मार्फत बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै उनीहरूको आवश्यकताबारे जानकारी संकलन गरिएको हो।
कार्यक्रमका क्रममा बाढीपीडित तथा प्रभावित व्यक्तिहरूसँग समन्वय गरी आवश्यक सहजीकरण गर्नुका साथै प्रभावितहरूको विवरण तथा अवस्थासम्बन्धी अभिलेखसमेत संकलन गरिएको आयोजकले जनाएको छ।
प्राकृतिक विपद्का समयमा नागरिकलाई तत्काल आवश्यक सहयोग, सूचना तथा समन्वय उपलब्ध गराउने उद्देश्यले नागरिक सहायता कक्ष सञ्चालन गरिएको हो। प्रहरीले विपद्का समयमा नागरिकको सुरक्षा तथा सहायताका लागि स्थानीय समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरी हत्यामा संलग्न आरोपमा अर्का एक युवक पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्